
विराटनगर- शान्ति सुरक्षाको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय मोरङले आज दिनभरि जिल्लामा निषेधाज्ञा आदेश भएको सूचना जारी गरेको छ ।
आदेशमा आज बेलुका ६ः०० बजेदेखि शुक्रबार बिहान ६ः०० बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो।
मोरङमा यही भदौ २४ गदेदखि नै निषेधाज्ञा र पछि कर्फ्यु आदेश जारी गर्दै आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
पछिल्लो समयमा मोरङमा थप कुनै अप्रिय घटना नभएको प्रजिअ यादवले जानकारी दिए।
शान्ति सुरक्षाका लागि नेपाली सेनाले सडक तथा टोलटोलमा गस्ती गरिरहेका छन् ।