
काठमाडौँ- नेपाली सेनाको मुख्यालयमा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधान न्यायाधीश सुशीला कार्की र नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलबीच वार्ता गर्न तयारी सुरु भएको छ।
राष्ट्रपति पौडेललाई सार्वजनिक गर्न माग आइरहेका बेला उनको उपस्थितिमा नेपाली सेनाको मुख्यालयमा बैठक हुन थालेको हो।
अहिले पूर्वप्रधान न्यायाधीश कार्की र सेनाप्रमुख अशोकराज सिग्देल सेना मुख्यालयमा छलफलका क्रममा छन्।
राष्ट्रपति, पूर्वप्रधान न्यायाधीश र सेनाप्रमुखबीचको सरकारले आगामी बाटो कस्तो हुने तय गर्ने उच्च स्रोतले जानकारी दिएको छ।
जेनजी युवाहरूले संसद् विघटन र ६ महिनाभित्र चुनावको माग पनि राखेका छन्।