
काठमाडौँ- सोमबारको आन्दोलनसँगै बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेपछि हवाई यात्रुको चाप बढेको छ।
विशेषगरी आन्तरिक टर्मिनलतर्फ यात्रुको भीड बढी देखिएको छ।
सडक मार्ग बन्द भएकाले हवाई यात्रुलाई प्राथमिकता दिने अवस्था बनेको हो।
अन्तर्राष्ट्रिय उडानतर्फ पनि यात्रुको भीड बढेको छ। तर, केही यात्रु अझै अलपत्र परेका छन्। वैदेशिक रोजगारीमा जाने कतिपय यात्रुहरूलाई टिकट नआएकाले समस्या भएको हो।
थप तस्बिरहरू:
तस्बिर : नेपाल फोटो लाइब्रेरी।