
काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा देशभर ठूलो मात्रामा जनधनको क्षति भएको छ।
सोमबार भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एकैदिन १९ जनाले ज्याउन गुमाएका थिए। हालसम्म ३४ जनाको मृत्यु भइसकेको छ।
सरकारको बर्बर दमनपछि मंगलबार देशभर आन्दोलन उग्र बन्यो। संसद भवन, सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायतमा आगजनी भयो। साथै नेताहरूका घरमा पनि आगजनी भयो।
त्यही क्रममा राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा पनि आगजनी भएको थियो। बिहीबार राष्ट्रपतिको घरमा पुग्दा घरभित्र सशस्त्र प्रहरीका जलेका लुगा,ओषधि, अस्पतालका रिपोर्टलगायतका सामान छरपस्ट देखिन्थ्यो।
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी