
काठमाडौं- नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीलगायतका युवा नेताहरू आगामी बाटोका लागि संवादमा जुटेका छन्।
जेनजीको आन्दोलनपछिको तरलतामाझ चारै दलका युवा नेताहरू छलफलमा जुटेको एक सहभागीले जानकारी दिएका छन्।
भर्च्युअल छलफलमा कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, माओवादीबाट माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदीलगायत छलफलमा छन्।
चारै दलका नेताहरू जेनजीका माग सम्बोधन गर्ने गरी निकास निकाल्नुपर्नेमा एकमत छन्।
कांग्रेस, एमाले र माओवादी दलका नेतृत्वहरूमाथि प्रश्न उठिरहेका ती पार्टीकै युवा नेताहरू छलफलमा जुटेका हुन्। उनीहरूले दलहरूले आत्मसमीक्षा र क्षमायाचना गर्नुपर्ने, जेनजीका माग सम्बोधन गर्नुपर्ने र संविधानको रक्षा गर्नुपर्ने गरी छलफल गरिरहेको छलफलमा सहभागी नेताले जानकारी दिएका छन्।