आगलागीका कारण डाटा सेन्टर प्रभावित, सेवा अवरुद्ध भएकोमा भायानेटको माफी

आगलागीका कारण डाटा सेन्टर प्रभावित, सेवा अवरुद्ध भएकोमा भायानेटको माफी
+
-
देशसञ्चार AI सारांश
  • भायानेटकाे डाटा सेन्टरमा आगलागी हुँदा देशभर इन्टरनेट र viaTV सेवा अवरुद्ध भएकाे र सोको लागि माफी मागिएको छ।
  • आगलागीकाे कारणले प्रमुख डाटा सेन्टर गुमाउँदा ब्याकअप केन्द्रहरूले सम्पूर्ण ग्राहकको सेवा सम्हाल्न पर्याप्त हुन सकेन।
  • प्राविधिक टोलीको प्रयासले हाल प्राय: ग्राहकको इन्टरनेट सेवा सेवा सुचारु भइसकेकाे र viaTV सेवा पनि चाँडै सञ्चालन गरिने छ।

काठमाडौं — भायानेटले हालै इन्टरनेट र viaTV सेवामा आएको अवरोधका लागि आफ्ना  ग्राहकसमक्ष माफी मागेकाे छ।
भायानेटले विज्ञप्तिमार्फत भनेकाे  छ– भदौ २४ गते साँझ  प्रदर्शनका क्रममा लागेको आगलागीले सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा (कान्तिपुर मिडिया ग्रुप रहेको भवन) अवस्थित हाम्रो प्रमुख डाटा सेन्टरमा क्षति पुर्‍यायो। यद्यपि हामीसँग ब्याकअप डाटा सेन्टरहरू रहेका छन्, यस्तो महत्वपूर्ण संरचना अचानक गुमाउँदा ती सबै ग्राहकको इन्टरनेट ट्राफिक सम्हाल्न पर्याप्त भएनन् र सेवा देशभर अवरुद्ध भयो।
हाम्रो प्राविधिक टोली तुरुन्तै खटाइयो, तर भवन असुरक्षित भएकाले तत्काल प्रवेश गर्न सकिएन। त्यसबीचमा ब्याकअप डाटा सेन्टरमार्फत आंशिक रूपमा इन्टरनेट चलाउन सकियो। तर धेरै ग्राहक अझै प्रभावित भए। त्यतिबेला viaTV सेवा अनलाइन ल्याउन सकिएन किनभने पहिलो प्राथमिकता इन्टरनेट सेवा सुचारु गर्नु थियो। भदौ २५ गते बिहान, सेना र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएपछि दिउँसो करिब १२ बजे हाम्रो प्राविधिक टोली भवनभित्र प्रवेश गर्न सक्यो। आंशिक रूपमा जलेको भवन, धुवाँ र भाँचिएका सिसामाझैँ खतरनाक अवस्थामै उनीहरूले जोखिम मोलेर आवश्यक सर्भरहरू सुरक्षित रूपमा बाहिर ल्याएर अर्को सुरक्षित डाटा सेन्टरमा पुनःस्थापना गरे।

आफ्नो प्राविधिक टोलीको असाधारण प्रयासका कारण अहिले अधिकांश ग्राहकको इन्टरनेट सेवा सुचारु भइसकेको र आजै साँझसम्म पूर्ण क्षमतामा सेवा सञ्चालन गर्ने लक्ष्यसाथ viaTV सेवा पनि चाँडै सुचारु गरिने जानकारी दिएकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?