हुम्ला – हेल्थ अस मेडिकल सेन्टरले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। सिमकोट गाउँपालिका– ७ र ८ माा दुई दिन सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त शिबिर सञ्चालन हेल्थ असले गर्न लागेको हो।
भदौ २७ र २८ गते हेल्थ अस मेडिकल सेन्टरको आर्थिक सहयोगमा निशुल्क स्वास्थ्य शिबिर सञ्चालन हुन गई रहेको सेन्टरका प्रमुख नारायण फडेराले बताए।
जिल्ला अस्पतालक तीन जना चिकीत्सक र अन्य स्वास्थ्यकर्मीहरुले शिबिरम उपचार दिनेछन। शिबिरमा स्त्री रोग सम्वन्धि सम्पुर्ण रोगको चेकजाँच, निशुल्क औषधी बितरण, भिडियो एक्स रे, नाक, कान र घाटीको उपचार हुनुका साथै सुगर र प्रेशरको पनि चेकजाँच हुनेछ।
सेन्टरले यसअघि सिमकोट गाउँपालिकाको वडा नम्बर १ र २ का साथै खार्पुनाथ गाउँपालिका– ५ को ताक्ला बाम्टा बस्तीका सेवाग्राहीका लागि शिबिर सञ्चााल गरेको थियो। सो शिबिरम बाह्र लाख मुल्य बराबरको महंगो औषधी निशुल्क बितरण गरिएको थियो। त्यसैगरि सेन्टर निशुल्क औषधीदेखि प्रिन्ट रेटमा समेत बिरामीलाई औषधी बितरण गदै आएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































