तनहुँमा दुई महिला मृत फेला, पहिचान खुलेन

तनहुँमा दुई महिला मृत फेला, पहिचान खुलेन
+
-
देशसञ्चार AI सारांश

  • तनहुँमा बिहीबार दुई महिला सेती नदी र बुल्दीखोलामा मृतावस्थामा फेला परेको प्रहरीले पुष्टि गरेको छ।

  • व्यास नगरपालिकामा फेला परेको वृद्धाको शव पहिचान खुलेको छैन र परीक्षणका लागि अस्पतालमा राखिएको छ।

  • बुल्दीखोलामा फेला परेको महिलालाई अस्पताल लगिएपछि चिकित्सकहरूले मृत घोषित गरेका छन्।

दमौली (तनहुँ)- तनहुँमा बिहीबार दुई महिला मृतावस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार व्यास नगरपालिका–३ देउरालीनगरस्थित सेती नदीमा एक वृद्धाको शव फेलापरेको छ । नदी किनारमा अन्दाजी ५५–६० वर्षीया वृद्धाको शव फेलापरेको हो ।

स्थानीयवासीको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले महिलाको शवको मुचुल्कासमेतको प्रारम्भिक कार्य गरी शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको छ । शवको सनाखत गर्ने कार्यका लागि घरपरिवार तथा आफन्तका बारेमा स्थानीयवासीसँग बुझ्दा केही विवरण खुलेको छैन ।

त्यसैगरी,  व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दीखोलामा एक महिलाको शव फेला परेको छ । डिहीगाउँ जाने पक्की पुलमुनि अन्दाजी ३०–३५ वर्षीया महिलाको शव फेलापरेको हो । पानीमा डुबिरहेको अवस्थामा फेला पारी तत्काल उद्धार गरी निजलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि अस्पातलमा राखिएको र सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?