देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
+
-

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव परेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपासमा रहेको छ।

आज बिहानैदेखि कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गएको एक घण्टामा डडेलधुराको गाइबन्धेमा २०.६ मिलिमिटर, कञ्चनपुरको हनुमाननगरमा १८.८ मिलिमिटर र डडेलधुराको जोगबुढामा १४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। यसका साथै, बैतडी, अछाम, सुर्खेत, र सल्यान लगायतका जिल्लामा पनि वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी, कोशी प्रदेश, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही क्षेत्रमा भारी वर्षा हुन सक्नेछ।

आज राति पनि देशभर बदली नै रहनेछ। कोशी, मधेश, बागमती, र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुनेछ। त्यस्तै, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’