
दाङ- दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जिल्लाभित्र लागू गरिएको कर्फ्यू आदेश हटाउँदै निषेधाज्ञा लागू गर्ने निर्णय गरेका छन् ।
विभिन्न स्थानमा भएको प्रदर्शन र हुलदंगा हिंसात्मक हुँदै सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याएपछि कर्फ्यू आदेश जारी गरिएको थियो ।
पछिल्लो सुरक्षा मूल्यांकनमा जनजीवन सामान्यतर्फ फर्कदै गएको देखिए पनि फेरि अशान्ति हुन सक्ने सम्भावना रहेकाले निषेधाज्ञा कायम गरिएको हो ।
निषेधाज्ञाअनुसार पाँच जना भन्दा बढी भेला भई कुनै पनि प्रकारको जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाइने छैन ।
आदेश आज बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म लागू हुनेछ । प्रमुख जिल्ला अधिकारी अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) अनुसार सो आदेश जारी गरेका हुन् ।