
मोरङ- जिल्ला प्रशासन कार्यालय मोरङले पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै निषेधाज्ञा र कर्फ्यूलाई निरन्तरता दिएको छ ।
विराटनगरस्थित कार्यालयले जारी गरेको सूचना अनुसार शान्ति सुव्यवस्था कायम राख्न प्रशासनले शुक्रबार विहान १० बजेबाट बेलुका ४ बजेसम्म लगाउँदै आएको निषेधाज्ञालाई निरन्तरता दिएको छ ।
यद्धपि, बेलुका ७ बजेबाट शनिबार विहान ५ बजेसम्मका लागि कर्फ्यू आदेशलाई कायम राखेको छ । यसक्रममा प्रशासनले समयावधिमा भने केही खुकुलो बनाएको छ ।
बिहीबार निषेधाज्ञा दिनभर भए पनि कर्फ्यू बेलुका ५ बजेबाट आज विहान ६ बजेसम्मलाई तोकिएको थियो । यसक्रममा अत्यावश्यकबाहेकका सवारी नचलाउन प्रशासनले आग्रह गरेको छ ।
त्यसैगरि, प्रशासनले बैंक तथा वित्तीय संस्थाहरुलाई सीमित कर्मचारी राखेर कार्य गर्नसमेत अनुरोध गरेको छ ।