जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबारदेखि सेवा सुचारु गर्ने

जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबारदेखि सेवा सुचारु गर्ने
+
-

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबारदेखि आफ्नो नियमित सेवा प्रवाह गर्ने भएको छ। शुक्रबार एक सूचना जारी गर्दै राहदानी सम्बन्धी सेवाहरू र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाबाहेक अन्य सबै सेवाहरू सुचारु हुने जनाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्दा सम्बन्धी सेवाहरू सहितका अन्य सेवाहरू आइतबारदेखि नियमित रुपमा सञ्चालन हुने जनाएका छन्।

दाहालले राहदानी सम्बन्धी सम्पूर्ण सेवाहरू तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सम्पूर्ण सेवाहरू अनिश्चितकालको लागि बन्द रहने पनि जानकारी गराएका छन्।

मंगलबार जेन–जीको प्रदर्शनको क्रममा विभिन्न कार्यालयहरू एवं नेताको घरमा आगजनी गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयमा समेत तोडफोड एव आगजनी भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?