शितल निवास क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा (तस्बिरहरू)

शितल निवास क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा (तस्बिरहरू)
+
-

काठमाडौँ – राष्ट्रपति भवन शितल निवास र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।

नेपाली सेनाले उक्त क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। सेनाले कडाइ गर्दा लाजिम्पाटको पानीपोखरी र टिचिङ अस्पताल क्षेत्रबाट सवारी आवागमन ठप्प पारिएको छ।

जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते सरकारले बर्बर दमन गरेपछि भोलिपल्ट भदौ २४ गते देशभर आन्दोलन उग्र बनेको थियो। त्यसक्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायतमा आगजनी गरिएको थियो।

राष्ट्रपति भवनमा पनि आगो लगाइएको थियो। हाल राष्ट्रपति रामचन्द्र पौडेल शितल निवासमै छन्। शितल निवासमा रहेको अर्को भवनमा राष्ट्रपति पौडेल बसिरहेका छन्। उनले त्यहाँ विभिन्न पक्षसँग अन्तरिम सरकार गठनका विषयमा छलफल गरिरहेका छन्।

तस्बिरः नेपाल फोटो लाइब्रेरी।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?