पोखरामा शनिबार बिहानसम्म कर्फ्यु

पोखरामा शनिबार बिहानसम्म कर्फ्यु
+
-

पोखरा – पोखरामा शनिबार बिहानसम्मलाई कर्फ्यु आदेश जारी गरिएको छ। शुक्रबार साँझ ७ बजेदेखि लागू हुने गरेर शनिबार बिहान ५ बजेसम्मलाई कर्फ्यु आदेश जारी गरिएको हो।

पोखरा महानगरपालिकाको वडा नम्बर १ देखि ३३ सम्म यो आदेश लागू हुनेछ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । कफ्र्यू अवधिमा अत्यावश्यक सेवा एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका सवारी साधनहरु सञ्चानलन हुन पाउनेछ।

शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। शुक्रबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पनि पोखरा महानगरपालिकाको ३३ वटै वडामा निषेधाज्ञा जारी गरिएको थियो।

पोखराको माछापुच्छ्रे, अन्नपूर्ण, रुपा र मादी गाउँपालिका क्षेत्रमा भने कर्फ्यु र निषेधाज्ञा लगाइएको छैन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?