
काठमाडौँ – राष्ट्रपति भवन शितल निवासअगाडि हर्क साम्पाङ र कुलमान घिसिङका समर्थकहरूले प्रदर्शन गरेका छन्।
उनीहरूले साम्पाङ र घिसिङलाई अन्तरिम सरकार प्रमुख बनाउनुपर्ने माग गर्दै नाराबाजी गरेका हुन्।
प्रदर्शन गर्नेहरूलाई नेपाली सेनाले हटाएको छ।
जेन–जी आन्दोलनकारीहरूले पूर्वप्रधान्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन सिफारिस गरेपछि हर्क साम्पाङका समर्थकहरू असन्तुष्ट भएका छन्।
कार्कीलाई सरकार प्रमुख बनाउन समझदारी बने पनि राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गर्नुपर्ने आन्दोलनकारीहरूको माग नमान्दा अन्योल बढ्दै गएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी।