प्रहरी चौकी नाम एक, कार्यालय स्थापना अर्को स्थानमा

प्रहरी चौकी नाम एक, कार्यालय स्थापना अर्को स्थानमा
+
-
देशसञ्चार AI सारांश
  • हुम्लामा पाँच प्रहरी चौकीको नाम एक स्थानको र चौकी स्थापना गरिएको स्थान अर्को भएको पाइएको छ।
  • नाम र ठेगाना मेल नखाए पनि चौकी स्थापना भएका स्थानमा परिमार्जन गर्ने कुनै पहल भएको छैन।
  • केही चौकीहरूमा दूरदराजका स्थानमा कार्यालय रहेको अवस्थामा समेत ठेगाना परिवर्तनमा ध्यान दिइएको छैन।

हुम्ला – जिल्लाभित्र स्थापित प्रहरी चौकीको नाम एक स्थानको र कार्यालय रहेको स्थान अर्को स्थान रहेका छन्। वर्षौं पहिलेदेखि स्थापना भएका यी प्रहरी चौकीको नाम र कार्यालय रहेको स्थानको नाम परिवर्तनतर्फ कुनै पहल नगरिँदा साविककै अवस्थामा चौकी सञ्चालन हँुदै आएका हुन्।

जिल्लाभित्रका पाँच स्थानका प्रहरी चौकीको नाम एक स्थानको र चौकी स्थापना गरिएको स्थान अर्को रहेको प्रहरीले जनाएको छ।

पहिले साविकका गाउँ विकास समिति हुँदै यस्तो अवस्था रहेको बताउँदै कसैले त्यसलाई जुन स्थानमा प्रहरी चौकी रहेको छ, त्यसै स्थानको ठेगाना रहने परी नाम परिवर्तन गर्नेतर्फ कुनै पहल नभएको होे। यसरी जिल्लाभर यस्तो अवस्था रहेका पाँच वटा प्रहरी चौकीमा २०३३ सालमा स्थापना भएको मेल्छाम प्रहरी चौकी रहेको छ।

यो प्रहरी चौकी रहेको स्थान पिप्लाङमा छ। साविक गाविस हुँदा मेल्छाम एउटा गाविस हो भने पिप्लाङ श्रीमष्ट गाविसको वडा नम्बर ४ मा पथ्र्यो। यी दुवै हालको चंखेली गाउँपालिका– ४ मा पिप्लाङ पर्छ भने मेल्छाम वडा नम्बर ६ मा पर्छ। त्यसैगरी, यस्तो अवस्था रहेको अर्को प्रहरी चौकीमा २०४७ सालमा स्थापना भएको प्रहरी चौकी ठेहे रहेको छ।

यो प्रहरी चौकी कुम्लिक जिउला ग्याग्रुमा स्थापना गरिएको छ। यी दुवै स्थान साविक ठेहे गाविसमा पर्छ। हालको सिमकोट गाउँपालिका– १ मा कुम्लिक जिउला ग्याग्रु पर्छ भन्ने ठेहे वडा नम्बर २ मा पर्छ। २०४९ सालमा स्थापना गरिएको प्रहरी चौकी श्रीनगर पर्छ।

यस प्रहरी चौकीको कार्यालय रहेको स्थान गल्फागार्ड पर्छ। दूरीका हिसाबले श्रीनगर र गल्फा तीन घण्टाको दूरी टाढा पर्छ। त्यसैगरी २०७६ सालमा स्थापना गरिएको प्रहरी चौकी गल्फागार्ड रहेको छ।

यसको कार्यालयको ठेगाना श्रीनगरमा राखिएको छ। यो प्रहरी चौकीपछि स्थापना गरिएकोले ठेगाना मिलान गर्न सहजे भए पनि त्यसतर्फ कसैले ध्यान दिएको पाइँदैन। अर्को नाम र ठेगाना फरक रहेको २०४९ सालमा स्थापना भएको खार्पुनाथ प्रहरी चौकी हो।

यसको कार्यालय नल्नमा रहेको छ। साविक गाविस हुँदा खार्पुनाथ एउट गाविस हो भने नल्न छिप्रा गाविसमा पर्छ। हालको खार्पुनाथ गाउँँपालिका– ४ मा नल्न पर्छ भने खार्पुनाथ वडा नम्बर ५ मा पर्छ। यसरी चौकी रहेको स्थान र नाम फरक परे पनि यसलाई सच्यााउनेतर्फ कसैको पनि ध्यान जान सकेको छैन।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?