
तनहुँ – जिल्ला कारागार तनहुँबाट भागेका ७८ जना कैदीबन्दी पक्राउ परेका छन्। उनीहरु जेन–जी समुहको आन्दोलनका क्रममा बुधबार साँझ कारागारबाट भागेका थिए। पक्राउ परेका र फर्किएका मध्य ९ जना महिला रहेको कारागार प्रशासनले जानकारी दिएको छ।
तनहुँबाट ३२६ जना कैदीबन्दी भागेका हुन्। भागेका कैदीबन्दी २० जना महिला थिए। तनहुँमा पनि लमजुङका कैदीबन्दीसमेत छन्।
बाहिरबाट जेन–जीको तोडफोड हुन थालेसँगै भित्र रहेका कैदीले आगजनी गरेर भागेका हुन्। भागेका कैदीबन्दीलाई कारागार प्रशासनले फिर्ता आउन आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले पनि धमाधम पक्राउ गरिरहेको छ।