
- तनहुँमा जेन–जी समूहको प्रदर्शनका बेला, सरकारी र निजी गरेर ३१ भवनमा तोडफोड र आगजनीले क्षति पुर्याएको छ।
- सरकारी ४ भवन पूर्णतः ध्वस्त भएका छन्, भने निजी ९ भवनमा आंशिक क्षति पुगेको प्रहरीको प्रारम्भिक तथ्याङ्क छ।
- ३४ दुई पांग्रे र १७ सरकारी चारपांग्रे सवारी जलेर नष्ट हुँदा अझै तथ्याङ्क थपिने सम्भावना छ।
तनहुँ – जेन–जी समूहको प्रर्दशनका क्रममा तोडफोड र आगजनी हुदाँ तनहुँमा ३१ भवनमा क्षति पुगेको छ। सरकारी र निजी गरेर ३१ भवनमा क्षति पुगेको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँले संकलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार सरकारी कार्यालयका ४ वटा भवन पूर्ण रुपमा क्षति भएको छ। १७ वटामा आंशिक र एउटा भवनमा सामान्य क्षति पुगेको हो। व्यक्तिगततर्फ ९ वटा भवनमा आशिंक क्षति पुगेको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँ, मालपोत कार्यालय, जिल्ला अदालत तनहुँ, जिल्ला समन्वय समितिको कार्यालय, आन्तरिक राजस्व कार्यालय, खानेपानी कार्यालय, डिभिजन वन कार्यालय, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका १२ मध्ये ८ वडामा तोडफोडसँगै आगजनी गरिएको छ।
यस्तै, ३४ वटा दुई पांग्रे सवारीसाधान जलेर पूर्ण क्षति भएको छ। तीन वटामा आशिंक र एउटा दुईपांग्रेमा सामन्य क्षति भएको जनाइएको छ। निजी ४ वटा दुई पांग्रेमा पूर्ण क्षति हुँदा ७ वटामा आशिंक र एउटामा सामान्य क्षति पुगेको छ। १७ वटा सरकारी चारपांग्रे सवारी जलेर ध्वस्त भएका छन् । ११ वटा चार पांग्रे सवारीमा क्षति पुगेको हो। यो प्रारम्भिक तथ्याङ्क भएकाले अझै थपिने सम्भावना छ।