कास्की प्रशासनले भन्योः लुटेका सामान फिर्ता गर्नू

कास्की प्रशासनले भन्योः लुटेका सामान फिर्ता गर्नू
+
-

पोखरा – जिल्ला प्रशासन कार्यालय कास्कीले जेन–जी प्रदर्शनको क्रममा चोरी र लुटपाट गरेको सामान फिर्ता गर्न भनेको छ। फोटो भिडियो हेरेर सामान चोरी गर्ने पहिचान भइरहेकाले फिर्ता गर्न आग्रह गरेको हो।

लुटपाट र चोरीको सामाग्री फिर्ता नगरे कारवाही प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत दिएको छ। मंगलबार र बुधबार भएको जेन–जी समूहको आन्दोलनमा प्रहरीको हतियारसँगै सामाग्री लुटिएको जिल्ला प्रशासन कार्यालय कास्कीले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ।

‘सरकारी, अर्धसरकारी, निजी सम्पत्ति, व्यापारिक प्रतिष्ठान, होटल, राजनीतिक दलका कार्यालय समेतबाट धनमाल, फर्निचर, ईलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटप, भाँडाकुँडा लुटपाट गरिएका र प्रहरी इकाईबाट हातहतियारसमेतका सामग्री लुटिएका दृश्यहरु तत् तत् निकायका सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा देखिएका छन्। उक्त दृश्यहरुवाट लुटपाट गर्ने मानिसहरु र सामग्रीहरु लुकाइएका स्थानहरुसमेत पहिचान गर्ने काम भइरहेको छ’, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

लुटपाट गरिएका हातहतियारसहितका सामाग्री जहाँबाट लगेको हो त्यहीँ फिर्ता गर्न अनुरोध गरिएको छ। सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा अपलोड गरिएका दृश्यहरुबाट लुटपाट गर्ने व्यक्ति र सामग्रीहरु लुकाइएका स्थानको समेत पहिचान भइरहेको जनाइएको छ।

लुटपाट गरिएका सामग्रीहरु र व्यक्ति पहिचान भएपछि प्रचलित कानून बमोजिम अनुसन्धानको दायरामा ल्याई कारबाही प्रक्रिया अगाडि प्रशासनको चेतावनी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?