
झापा- झापामा कारागारबाट भागेका अर्का एक कैदी पक्राउ परेका छन्।
गएराति करिब ७:४० बजे सशस्त्र प्रहरी बलको बिओपी कुञ्जीबारीबाट खटिएको गस्ती टोलीले गौरीगञ्ज-१ मा गस्ती गर्ने क्रममा उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भोजपुरका ५६ वर्षीय कृष्णबहादुर विश्वकर्मा रहेका छन्। उनी सहकारी ठगीको आरोपमा सुनसरीको झुम्का कारागारमा सजाय काटिरहेका थिए।
पक्राउ परेका विश्वकर्मालाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी चौकी कोरोबारीमा बुझाइएको छ।
यसअघि पनि काठमाडौंका दुई जना कैदी झापाको सीमावर्ती क्षेत्रबाट पक्राउ परेका थिए।