
काठमाडौँ– जेन-जी युवाहरूको आन्दोलनको निसानामा परेको व्यापारिक मल भाटभटेनी सुपरमार्केट खुल्न थालेको छ।
२३ र २४ भदौमा भएको आन्दोलनपछि काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न सुपरमार्केटमा आन्दोलनकाक्रममा तोडफोड हुनुका साथै आगजनी र लुटपाट भएको थियो।
त्यसपछि बन्द भएको भाटभटेनी शनिबारदेखि खुल्न थालेको हो।
काठमाडौँ उपत्याकामा टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, पाटन, त्रिपुरेश्वर, पाटन, कलंकी, भक्तपुरको ठिमी र बालाजुको पनि खुलेको भाटभटेनी सुपरमार्केटले जनाएको छ।
यस्तै उपत्यका बाहिर नेपालगन्ज, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र भैरहवामा भाटभटेनी खुलेको छ।