चन्द्र ढकाल भन्छन्ः सम्हालिएर अघि बढ्नुको विकल्प छैन

चन्द्र ढकाल भन्छन्ः सम्हालिएर अघि बढ्नुको विकल्प छैन
+
-

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेन–जी समूहको प्रर्दशनको क्रममा ठूलो क्षति भए पनि सम्हालिएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन्।

प्रदर्शनकारीको तोडफोड र आगजानीले उद्योग व्यवसाय जलेर खरानी भएपछि ढाडस दिँदै उनले भनेका छन्, ‘साथीहरू, हामी नआत्तिऔँ, नथाकौँ। आजैबाट क्षतिग्रस्त उद्योग व्यवसायको पुनर्निर्माणमा होमिऔँ।  ’

दशक लामो द्वन्द्व, भूकम्प, नाकाबन्दी र कोभिड महामारी खेपेर बल्लतल्ल उठेका निजी क्षेत्र आर्थिक मन्दीबाट तंग्रिने प्रयासमा रहेको बेला ठूलो क्षति पुगेको उनको भनाइ छ ।

थप लगानी गरी रोजगारी सिर्जनामा लाग्न ढकालको आह्वान छ। हरेक पटक आउने यस्ता चुनौतीलाई मुलुकको आर्थिक सुधारको नयाँ अवसरको रूपमा लिएर अगाडि बढ्नुपर्ने उनको तर्क छ।

‘सुशासन र भ्रष्टाचारविरुद्धको प्रदर्शनका क्रममा देशभर धेरै उद्योगी व्यवसायी साथीहरूको उद्योग, व्यवसाय र निजी आवास तथा सम्पत्तिमा ठूलो क्षति पुगेको छ’, उनले फेसबुकमा लेखेका छन्, ‘हजारौंको रोजगारी संकटमा परेको छ, अर्बौंको संरचना खरानी भएको छ, लगानी धरापमा परेको छ। यसले हामी सबैलाई मर्माहत बनाएको छ।’

नयाँ पुस्तालाई निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इन्जिन हो भन्ने बुझाउनुपर्ने उनको भनाइ छ। उद्यमशीलता रोजगारीसँगै राज्यले प्राप्त गर्ने राजस्वको स्रोत र समृद्धिको वाहक भएको ढकालले उल्लेख गरे।

८१ प्रतिशत बढी मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान रहेको जनाए। ८६ प्रतिशत बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्रबिना मुलुकको समृद्धि सम्भव नभएको उनको जिकिर छ।

‘निजी क्षेत्र पनि मुलुक बनाउने अभियानमा सक्रिय छ र निजी क्षेत्रसँग होस्टेमा हैसे नगरी हामीले अपेक्षा गरेको विकास, समृद्धि र नयाँ नेपाल निर्माण गर्न सकिँदैन’, उनले भनेका छन्। जेन–जीको साहसले सुनौली बिहानी आउने उनको विश्वास छ  ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?