टी–२० अन्तर्राष्ट्रियमा ३ सय प्लस स्कोर बनाउने नेपालपछि तेस्रो देश बन्यो इंग्ल्यान्ड

टी–२० अन्तर्राष्ट्रियमा ३ सय प्लस स्कोर बनाउने नेपालपछि तेस्रो देश बन्यो इंग्ल्यान्ड
+
-
देशसञ्चार AI सारांश
  • फिल साल्टले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३९ बलमा शतक प्रहार गरी इंग्ल्यान्डका लागि सर्वाधिक उच्च रनको स्कोर बनाए।
  • इंग्ल्यान्डले ३ सय ५ रनको कीर्तिमानी स्कोर बनाएर दक्षिण अफ्रिकालाई १ सय ४६ रनले पराजित गर्‍यो।
  • इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले ३ विकेट लिए भने साम कुरान, लियम ड्वासन र विल ज्याक्सले २(२ विकेट लिए।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तस्रो पटक ३०० प्लस रनको कीर्तिमानी स्कोर बनेको छ। इंग्ल्यान्डका विकेटकिपर ब्याटर फिल साल्टले दक्षिण अफ्रिका विरुद्ध टी–२० अन्तर्राष्ट्रिय इतिहासमै छिटो शतक प्रहार गर्ने कीर्तिमान समेत बनाए। उनले ३९ बलमा शतक प्रहार गरे। साल्ट १ सय ४१ रनमा अविजित रहे। साल्टको यो स्कोर इंग्ल्यान्डका लागि कुनै पनि खेलाडीले बनाएको सर्वाधिक उच्च रनको स्कोर हो।

टी–२० अन्तर्राष्ट्रियमा ३ सय रन पार गर्नेमा यसअघि जिम्बाब्वे र नेपाल मात्र रहेका थिए। नेपालले मंगोलिया विरुद्ध २०२३ मा ३ विकेटको क्षतीमा ३ सय १४ रन बनाएको थियो भने जिम्बाब्वेले २०२४ मा गाम्बिया विरुद्ध ४ विकेट गुमाएर ३ सय ४४ रन बनाएको थियो। तर टेस्ट टिमले कुनैपनि टेस्ट टोली विरुद्धै ३ सय रन पार गरेको भने यो पहिलो पटक हो।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो विकेटका लागि १ सय २६ रनको साझेदारी गरेको थियो। साल्टले ६० बलमा ३० चौका र ९ छक्का प्रहार गर्दै १ सय ४१ रनको अविजित इनिङ खेल्दा कप्तान जोस बटलरले ३९ बलमा ८३ रन बनाए। यि दुइबिच पहिलो विकेटका लागि ४७ बलमा १२६ रनको साझेदारी भएको थियो। बटलरले आफ्नो टी–२० करिअरमै सर्वाधिक छिटो अर्धशतक बनाए। उनले १८ बलमा अर्धशतक पुरा गर्दै इंग्ल्यान्डका लागि सर्वाधिक चाँडो अर्धशतक बनाउने खेलाडी बने।

त्यसपछि क्रिजमा आएका ज्याकब बेथहिलले २६ रन बनाउँदा कप्तान ह्यारि ब्रुक्सले ४१ रन बनाएका थिए। दक्षिण अफ्रिकाका लागि बजोर्न फर्ट्युनले २ विकेट लिए।

३ सय ५ रनको उच्च लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १ सय ४६ रनले पराजित भयो। १६.१ ओभरमा अलआउट हुँदै इंग्लिस टिम १ सय ५८ रनमा समेटियो। उसका लागि कप्तान एइडन माक्रमले ४१ र बजोर्न फर्ट्युनले ३२ रन बनाउँदा ट्रिस्टन स्टब्स र डोनोभन फेरेइराले समान २३–२३ रन बनाए। थप थोहोरो स्कोरका रुपमा रियान रिकेल्टनको २० रन रह्यो।

इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले ३ विकेट लिंदा साम कुरान र लियम ड्वासनल र विल ज्याक्सले २–२ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?