फरार लागूऔषध कारोबारीलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाए

फरार लागूऔषध कारोबारीलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाए
+
-

झापा – दुई महिनादेखि फरार रहेका लागुऔषधका मुख्य कारोबारी भानुभक्त खरेललाई स्थानीयको पहलमा पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको छ।

राजनीतिक शक्तिको आडमा प्रहरीकै सहयोगमा उम्किँदै आएका ५० वर्षीय खरेललाई बिर्तामोड–५ बाट स्थानीयले नै नियन्त्रणमा लिएका हुन्।

गत भदौ २४ गते ‘जेनजी’ आन्दोलन सुरु भएको दिन उनी घर फर्केका थिए। आज दिउँसो ३ बजेतिर स्थानीयवासीले उनलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन्।

यसअघि साउन १ गते प्रहरीले खरेलको गोदाममा छापा मारेर ठूलो मात्रामा प्रतिबन्धित औषधिजन्य लागुऔषध बरामद गरेको थियो।

प्रहरीले उनको गोदामबाट १,०३,८०० क्याप्सुल ट्रामाडोल हाइड्रोक्लोराइड, १८७० एम्पुल ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन, ४०५० ट्याब्लेट ट्रामाडोल एण्ड एस्टामाइनोफेन, ९७,००० ट्याब्लेट डिसाइक्लोमिन, ८,९०० ट्याब्लेट सिल्डेनेफिल र ७,६५० ट्याब्लेट कम्बीप्याक अफ माइफेप्रिस्टोन बरामद गरेको थियो।

यस घटनामा उनका कामदार विनोद घिमिरेलाई तत्काल पक्राउ गरिए पनि मुख्य कारोबारी खरेल भने फरार रहेका थिए।

भारतमा लुकेर बसेका खरेल सामाजिक सञ्जालमा सक्रिय भए पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?