
झापा- जेनजी आन्दोलनका क्रममा झापाको बिर्तामोडबाट प्रहरीबाट खोसिएको इन्सास हतियार शनिबार इलाका प्रहरी कार्यालय बुधबारेको टोलीले बरामद गरेको छ।
इलाका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक मानबहादुर मिश्रको कमाण्डमा खटिएको टोलीले उक्त हतियार बरामद गरेको हो।
गत भदौ २४ गते झापाको बिर्तामोडमा चर्किएको आन्दोलनका बेला उक्त हतियार प्रहरीबाट आन्दोलनकारी लिएका थिए।
धेरै हतियार सोही दिन नेपाली सेनालाई आन्दोलनकारीले बुझाएका थिए। तर, अहिले पनि प्रहरीले हतियार बरामद गर्ने क्रम जारी राखेको छ।
आन्दोलनपछि बिस्थापति इलाका प्रहरी कार्यालय बुधबारे शनिवार मात्र पुनर्स्थापित भएको हो।
पुनर्स्थापित भएकै दिन प्रहरीले उक्त हतियार बरामद गरेको हो।