राष्ट्रिय बाल दिवसमा मुख्यमन्त्री आचार्यको शुभकामना: बालमैत्री समाज निर्माणमा जोड

राष्ट्रिय बाल दिवसमा मुख्यमन्त्री आचार्यको शुभकामना: बालमैत्री समाज निर्माणमा जोड
+
-
देशसञ्चार AI सारांश
  • मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय बाल दिवस २०८२ मा बालबालिका र सम्बन्धित सबैलाई शुभकामना व्यक्त गरेका छन्।
  • दिवसले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकासमा सबैलाई प्रेरित गर्ने बताइएको छ।
  • बालअधिकार सुनिश्चित गर्न संविधानले दिएको अधिकार व्यवहारमा उतार्न सबै एकजुट हुनु पर्ने उल्लेख छ।

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, नागरिक समाज र बालअधिकारकर्मीप्रति शुभकना व्यक्त गरेका छन् ।

‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित मनाउन थालिएको दिवसले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकासमा सबैलाई प्रेरित गर्ने मुख्यमन्त्री आचार्यले बताएका हुन् ।

शुभकामना सन्देशमा भनिएको छ,‘बालबालिका भविष्यका आधार हुन् । उचित वातावरण, स्याहार, सम्मान र सहभागिताले उनीहरू सक्षम र जिम्मेवार नागरिक बन्नेछन् ।’

मुख्यमन्त्री आचार्यले बालअधिकारका चार आधारभूत सिद्धान्त-भेदभाव रहित, सर्वोत्तम हित, दीर्घजीवन र विकास, तथा विचार र भावनाको कदर–लाई स्मरण गर्दै नेपालले यसलाई कानुनी रूपमा आत्मसात गरी ऐन, नियमहरु कार्यान्वयनमा ल्याएको उल्लेख गरे । साथै बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको अधिकार सुनिश्चित गरेको भनाई उनको छ ।

लुम्बिनी प्रदेश सरकार संविधानले सुनिश्चित गरेका अधिकारलाई व्यवहारमा उतार्न प्रतिबद्ध रहेको बताउँदै बालबालिकालाई सुरक्षित, स्वस्थ र समान अवसरयुक्त वातावरण उपलब्ध गराउन अभिभावक, समाज र राज्य सबै एकसाथ लाग्नुपर्नेमा जोड दिए ।

यस अवसरमा उनले बालबालिकामाथि हुने सबै किसिमका हिंसा, दुव्र्यवहार र विभेद अन्त्य गर्दै बालमैत्री समाज निर्माणमा जुट्न आह्वान पनि गरेका छन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’