
- आइतबार बसेको चलचित्र संघको बैठकले दर्शक र हलको सुरक्षामा ध्यान दिँदै सिनेमा घर संचालनमा ल्याउने निर्णय गरेको हो।
- कुछ सर्तसहित हल खोल्न लागिएको हो र स्थानीय सुरक्षा निकायलाई सूचना दिएर संचालन गरिनेछ।
- हल संचालनमा आएसँगै 164 हलमा प्रदर्शनरत फिल्महरू र नयाँ विदेशी फिल्महरू समेत प्रदर्शन हुने तयारीमा छन्।
भदाै २३ गतेदेखि सुरु भएकाे जेन-जी आन्दोलनको कारण बन्द भएका देशभरका फिल्म हल सोमबारदेखि संचालनमा आउने भएका छन्।
आइतबार बसेको चलचित्र संघको बैठकले दर्शक र हलको सुरक्षामा ध्यान दिँदै सिनेमा घर संचालनमा ल्याउने निर्णय गरेको हो ।
तोडफोड र आगजानीबाट ध्वस्त विराटनगरस्थित क्यूएफएक्सको हलबाहेकका अन्य १६४ वटै हल संचालनमा आउनेछन् ।
केही सर्तसहित हल खोल्न लागिएको संघका अध्यक्ष नरेन्द्र महर्जनले बताए । उनका अनुसार स्थानीय सुरक्षा निकायलाई जानकारी दिएर हल संचालन हुनेछन् । ‘बैंक, कलेज,यातायात तथा विद्यालयहरु खुलेपछि हल पनि सञ्चालनमा आउनु पर्छ भनेर हामीले हल खाेल्ने निर्णय गरेका हाैं,’ अध्यक्ष महर्जनले भने।
हल संचालनमा आएसँगै यसअघिदेखि नै प्रदर्शनरत फिल्महरू रिमै, बागी ४, कोशेढुंगा, मोहर लगायतका फिल्म प्रदर्शन हुनेछन्। यसबाहेक केही विदेशी फिल्म समेत रिलिजको तयारी छ।
सोमबारदेखि हल खुल्ने भएपछि हल संचालक सरसफाइमा जुटेका छन्। चलचित्र संघका अनुसार २५ भदौमा बिराटनगरस्थित क्यूएफएक्स, बुटवलस्थित क्यूएफएक्स, गोंगबुस्थित आइएनआईको ल्होत्से मल र भक्तपुरको क्यूएफएक्साम क्षति पुगेको छ।
भ्रष्टाचार र बेथितीविरुद्ध जेनजीले २४ भदौमा देशभर प्रदर्शन गरेका थिए। थुप्रै हताहत हुने गरि सरकारले दमन गरेपछि भोलिपल्ट समेत प्रदर्शन भएको थियो । उक्त प्रदर्शनमा सरकारी र व्यवसायिक संरचनामा आगजानी र तोडफोड गरिएको थियो।