पाकिस्तानमा बाढीका कारण करिब २५ लाख मानिस विस्थापित

पाकिस्तानमा बाढीका कारण करिब २५ लाख मानिस विस्थापित
+
-
देशसञ्चार AI सारांश
  • दक्षिण पञ्जाबमा बाढी, डुबान र पहिरोका कारण करिब २५ लाख मानिस विस्थापित भएका छन् र १०१ जनाको ज्यान गएको छ।
  • सरकारको व्यापक राहत तथा उद्धार अभियानमा १,५०० भन्दा बढी उद्धार डुङ्गाहरू प्रयोग गर्दै हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
  • मुल्तान, मुजफ्फरगढ र रहिम यार खान सबैभन्दा प्रभावित क्षेत्र हुन्, जहाँ मानवीय सङ्कट गम्भीर देखिएको छ।

दक्षिण पञ्जाबका केही भागहरूमा अत्यधिक वर्षापछि आएको बाढीका कारण करिब २५ लाख मानिसहरू विस्थापित भएका छन्।

वर्षाका कारण आएको बाढी, डुबान र पहिरोका कारण कम्तीमा प्रान्तभरी कम्तीमा १०१ जनाको ज्यान गएको पाकिस्तानी अङ्ग्रेजी समाचार दैनिक डनले जनाएको छ। शनिबार अपरान्ह्देखि नदीहरूमा पानीको सतह घट्न थालेको छ।

अधिकारीहरूले मुल्तानको जलालपुर, पिरवाला र अलिपुर तहसिललाई वर्षा डुबानका कारण अत्यधिक प्रभावित क्षेत्रका रूपमा घोषणा गरेका छन्। यद्यपि ती क्षेत्रहरूमा पनि वर्षाको प्रभाव रोकिने अनुमान गरिएको छ।

डनले प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै भनेको छ, ‘बाढी, पहिरो र डुबानका कारण विस्थापित हुनेको सङ्ख्या हालसालैको स्मृतिमा सबैभन्दा ठूलो देखिएको छ।’

सरकारले व्यापक राहत तथा उद्धार अभियान सञ्चालन गरेको छ, जसमा एक हजार ५०० भन्दा बढी उद्धार डुङ्गाहरू प्रयोग गरिएको छ।

चेनाब, रावी र सतलज नदीको तल्लो इलाकाबाट १२ हजार ४२७ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

मुल्तान, मुजफ्फरगढ र रहिम यार खान जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन् र हजारौँ मानिसहरूलाई उद्धार गरिएको छ।

केही सुधारका बाबजुद पनि मानवीय सङ्कट अझै गम्भीर रहेको बताइएको छ। करिब ४० हजार मानिसको बसोबास रहेको अलिपुर तहसिलको लाटी मारीको युनियन काउन्सिल पुरै डुबानमा परेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?