एसियाकप: पाकिस्तानमाथि सहज जित निकाल्दै भारत सुपर चारमा

एसियाकप: पाकिस्तानमाथि सहज जित निकाल्दै भारत सुपर चारमा
+
-
देशसञ्चार AI सारांश
  • एसियाकप टी-२० क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै ‘सुपर चार’मा स्थान पक्का गर्यो।
  • पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाउँदा भारतले १२८ रनको लक्ष्य १५.५ ओभरमै पूरा गर्यो।
  • कप्तान सूर्यकुमार यादवले नटआउट ४७ रन बनाए भने श्रेय बन्छ चाहिएका साइम अयुबले तीन विकेट लिए।

युएईमा जारी एसियाकप टी-२० क्रिकेट प्रतियोगितामा भारतले ‘सुपर चार’मा स्थान पक्का गरेको छ। लगातार दोस्रो जित निकाल्ने क्रममा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गर्यो।

दुबईमा आइतबार राति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रनको सामान्य स्कोर बनाएको थियो। जवाफमा भारतले १२८ रनको लक्ष्य २५ बल बाँकी हुँदै ३ विकेट गुमाएर पूरा गर्यो।

१५.५ ओभरमै लक्ष्य पूरा गर्ने क्रममा भारतका लागि कप्तान सूर्यकुमार यादवले ३७ बलमा ५ चौका र १ छक्काको मद्दतमा नटआउट ४७ रन बनाए। त्यस्तै ओपनर अभिषेक शर्मा र तिलक बर्माले ३१-३१ रनको इनिङ खेलेका थिए। त्यस्तै शुभमन गिलले १० रन बनाउँदा शिवंम दुवे पनि १० रनमा अविजित रहेका थिए। पाकिस्तानका लागि साइम अयुबले सबै ३ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले खराब प्रदर्दशनको गरेको थियो। उसका लागि साहिवजाद फर्हानले ४० रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक अन्तिम ओभरमा हार्दिक पाण्ड्यालाई दुई छक्का प्रहार गरेका शाहीन शाह अफ्रिदीले १६ बलमा नटआउट ३३ रन बनाए। उनले कुल ४ छक्का प्रहार गरेका थिए।

त्यस्तै फखर जमानले १७ रन बनाउँदा फहिम असरफले ११ र सुफियन मुकिमले १० रन बनाए। भारतका लागि कुलदिप यादवले ३ विकेट लिँदा अक्षर पटेल र जसप्रित बुमराहले २-२ विकेट लिँदा हार्दीक पाण्डे र वरुण चक्रवर्तीले १-१ विकेट लिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?