
काठमाडौँ- राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्का सदस्यहरूले शपथ ग्रहण गरेका छन्।
प्रधानमन्त्री कार्कीको सिफारिसमा नियुक्त तीन मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
शपथ लिनेहरूमध्ये रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङ रहेका छन्।
नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हालेकी छन्।
शपथग्रहण समारोह शीतल निवास परिसरमा विशेष टेन्टमुनी सम्पन्न गरिएको हो। यी मन्त्रीहरूको शपथ सँगै कार्की मन्त्रिपरिषद्को औपचारिक विस्तारको सुरुवात भएको छ।