हुम्लाका दुई गाउँपालिकामा नेपाल टेलिकमको २जी र ४जी सेवा विस्तार

हुम्लाका दुई गाउँपालिकामा नेपाल टेलिकमको २जी र ४जी सेवा विस्तार
+
-

काठमाडौँ- नेपाल टेलिकमले कर्णाली प्रदेशको हुम्ला जिल्लाका दुई दुर्गम गाउँपालिकामा २जी र ४जी सेवा सञ्चालनमा ल्याएको छ। यसबाट त्यहाँका स्थानीयले उच्च गतिको इन्टरनेट सेवा उपभोग गर्न पाएका छन्।

सर्केगाड गाउँपालिकामा सेवा विस्तार

नेपाल टेलिकमले सर्केगाड गाउँपालिका-१ मा २०८२ भाद्र २५ गतेदेखि २जी र ४जी सेवा सुरु गरेको छ। यस सेवाबाट वडा नम्बर १, २, ४, ५, र ६ मा पर्ने जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि, र लुम लगायतका क्षेत्रका बासिन्दाहरूले उच्च गुणस्तरको ४जी सेवाको लाभ उठाउन पाएका छन्।

चंखेली गाउँपालिकामा सेवा विस्तार

त्यसैगरी, कम्पनीले चंखेली गाउँपालिका-६ मा पनि भाद्र २७ गतेबाट २जी र ४जी सेवा सञ्चालनमा ल्याएको छ। यो सेवा चंखेली गाउँपालिकाका वडा नम्बर ४, ५, र ६ अन्तर्गत पर्ने बरैहीगाउँ, सरु, देउली, निमिगाउँ, र चंखेली लगायतका क्षेत्रमा उपलब्ध छ।

नेपाल टेलिकमले देशका दुर्गम क्षेत्रहरूमा पनि दूरसञ्चार सेवा पुर्‍याउने कार्यलाई निरन्तर प्राथमिकतामा राख्दै आएको प्रवक्ता रविन्द्र मानन्धरले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?