देशसञ्चार चौतारीमा भाग-११३

विश्व रेडक्रसका नेपाली अभियन्ता

+
-
देशसञ्चार AI सारांश
  • जगन चापागाईँले अन्तर्राष्ट्रिय रेडक्रस महासंघको नेतृत्व गर्दै नेपालदेखि जेनेभासम्मको यात्रा रोमाञ्चकारी रहेको बताएका छन्।
  • उनले रेडक्रसको तटस्थतालाई बचाउन चुनौतीलाई कुशलतापूर्वक समाधान गर्दै आएका छन् र समाजसेवामा आफूलाई समर्पित गरेका छन्।
  • अवकाशपछि नेपाल फर्कने सोच राखेका चापागाईँले मानवतावादी आन्दोलनका वर्तमान विचलनहरूबारे पनि आफ्नो धारणा प्रस्तुत गरेका छन्।

अन्तर्राष्ट्रिय रेडक्रस महासंघ तथा रेडक्रेसेन्ट सोसाइटिजको कार्यकारी प्रमुख तथा महासचिवको जिम्मेवारी सम्हालिरहेका जगन चापागाईँसँग यस यात्राका अनेकौँ अनुभव छ। चितवनको गाउँमा जन्मेको एउटा नेपालीले जेनेभा मुख्यालय रहेको यस संस्था हाँक्नु आफैँमा एउटा रोमाञ्चकारी अनुभव हो।

देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले चापागाईँलाई निम्त्याएका छौँ जहाँ उनले देशसञ्चार सहकर्मीहरूका अनेकौँ जिज्ञासाहरूको जवाफ दिएका छन्।

अन्तर्राष्ट्रिय मानवतावादी क्षेत्रसँग रेडक्रसलाई लिंकेज गर्ने महत्त्वपूर्ण जिम्मेवारी लिएर हिँडेका चापागाईँ इन्जिनियरिङको डिग्रीपछि रेडक्रसको यात्रामा निस्केका थिए। रेडक्रसको तटस्थतालाई बचाउने चुनौती पनि उनले कुशलतापूर्वक निर्वाह गरिरहेका छन्।

स्कुलमा छँदा रेडक्रसमा सहभागी भएका चापागाईँको त्यही यात्रा अहिले जेनेभाको महत्त्वपूर्ण जिम्मेवारीसम्म पुगेको छ। गाउँबाट नारायणगढ पुग्दा उनी राजनीतिबाट समाजसेवाबाट फड्केका थिए।

पछि रेडक्रसको मूल्यप्रति उनी एकदमै आकर्षित भएका थिए। सेवाको संस्कृति नै रेडक्रसको जग रहेको उनी बताउँछन्। स्कुल पढ्दा रेडक्रसप्रति पूर्ण रूपमा आकर्षित भएका चापागाईँ अहिलेसम्म पनि रेडक्रसमार्फत नै समाजको सेवा गरिरहेका छन्।

सफल हुन कडा मेहनत, निष्ठा, इमान र पारदर्शिता आवश्यक हुने चापागाईँ बताउँछन्।

उनले देशसञ्चार चौतारीका क्रममा आफ्नो अन्तर्राष्ट्रिय यात्रा र परिवार पनि अन्तर्राष्ट्रिय बनेक रोचक प्रसंग पनि उक्काएका थिए। अवकाशप्रतिको जीवन नेपालमै आएर बिताउने सोच राखेका चापागाईँले विश्वमा गुज्रिरहेको मानवतावादी आन्दोलनका विचलनहरू र यसबाट बाहिर निस्कने उपायहरूबारे पनि चौतारीका क्रममा बताएका थिए।

रेडक्रसको सय वर्षको इतिहास खोतल्दै चापागाईँले अहिलेको पद र जिम्मेवारीप्रति गौरव महसुस हुने पनि चौतारीका क्रममा साझा गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?