ट्रम्पले मोदीलाई फोन गरेर दिए जन्मदिनको शुभकामना

ट्रम्पले मोदीलाई फोन गरेर दिए जन्मदिनको शुभकामना
+
-

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी जन्मदिनको शुभकामना दिएका छन्।

मोदीले सामाजिक सञ्जालमार्फत आफूलाई ७५औँ जन्मदिनको शुभकामना दिएकोमा ट्रम्पलाई धन्यवाद दिएका छन्।

साथै उनले आफू पनि भारत-अमेरिका व्यापक तथा वैश्विक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन प्रतिबद्ध रहेको बताएका छन्।

उनले युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि ट्रम्पलेअघि सारेका पहलप्रति भारतले समर्थन जनाउनेसमेत बताएका छन्।

‘धन्यवाद, मेरो मित्र राष्ट्रपति ट्रम्प, फोन गरेर ७५औं जन्मदिनको शुभकामना दिनुभएकोमा। तपाईंझैँ म पनि भारत-अमेरिका व्यापक र वैश्विक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन पूर्णतया प्रतिबद्ध छु,मोदिले फेसबुकमार्फत भने,’युक्रेन संघर्षको शान्तिपूर्ण समाधानतर्फ तपाईंले अघि सारेका पहललाई हामी समर्थन गर्दछौँ।’

कर र व्यापारका विषयमा भारत र अमेरिकाबीच सम्बन्ध चिस्सिएको हल्लाकाबीच यो खबरलाई सबैले चासोका साथ हेरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?