
काठमाडौं –अखिल नेपाल फुटबल संघ (एन्फा) लाइ एसियाली फुटबल महासंघ (एएफसी) ले जरिवाना र फुटसल एसियन कप छनोट खेल खेल्न नपाउने निर्णय गरेको छ। एएफसीको अनुशासन तथा आचारसंहिता समितिले एन्फालाई १० हजार अमेरिकी डलर जरिबाना गर्ने निर्णय गरेको हो।
एएफसीको अनुशासन तथा आचारसंहिता समितिको गत अगस्ट २१ बसेको बैठकले एन्फालाई कारबाही गरेको हो। एन्फाले इन्डोनेसिया सन् २०२६ मा हुने प्रतियोगिताको छनोटबाट नाम फिर्ता लिंदा समयमानै नलिएपछि उक्त जरिवाना गरिएको हो।
एएफसीका अनुसार नाम फिर्ता खेल सुरु हुनुभन्दा १०६ दिनअघि मात्र लिन पाइन्छ। तर, एन्फाले यो नियम मिचेपछि कारबाहीमा परेको हो। योसँगै नेपाललाई अर्को संस्करणको एएफसी फुटसल एसियन कप छनोटमा भाग लिनबाट समेत बञ्चित भएको छ। यस्तै, उक्त जरिबाना सेप्टेम्बर २० सम्ममा तिर्न एएफसीले भनेको छ।
फुटसल एसियन कपको छनोट २० सेप्टेम्बरदेखि सुरू हुँदैछ। छनोटमा ३१ देशले विभिन्न आठ समूहमा प्रतिस्पर्धा गर्दै छन्। जसबाट १५ टोली छनोट हुने छन्। आयोजक इन्डोनेसिया स्वत छनोट भइसकेको छ। अब आठ समूहका विजेता र उपविजेता पुग्ने छन्।