एसिया कप: युएईलाई हराउँदै पाकिस्तान सुपर चारमा

एसिया कप: युएईलाई हराउँदै पाकिस्तान सुपर चारमा
+
-
देशसञ्चार AI सारांश
  • पाकिस्तानले युएईलाई ४१ रनले हराउँदै एसिया कप सुपर–४ मा स्थान सुरक्षित गरेको छ।
  • भारतविरुद्धको खेलमा रेफ्रीको निर्णयप्रति असन्तुष्ट पाकिस्तान जसरी पनि प्रतियोगितामा सामेल हुन आइसीसीको दबाबमा आयो।
  • श्रीलंका र अफगानिस्तानबीचको खेलले सुपर–४ मा पुग्ने अर्को टोलीको निर्णय गर्नेछ।

एसिया कप क्रिकेटमा पाकिस्तानले युएईलाई ४१ रनले पराजित गर्दै सुपर–४ मा स्थान बनाउन सफल भएको छ।

बुधबार राति भएको खेलमा रेफ्रीसँगको विवादका कारण पाकिस्तानले प्रतियोगिता बहिष्कार गर्ने चर्चा चलेको थियो। तर अन्तिम समयमा पाकिस्तानी टोली मैदान पुगेपछि खेल निर्धारित समयभन्दा करिब १ घण्टा ढिला सुरु भयो।

पाकिस्तानले भारतविरुद्धको खेलमा भारतीय खेलाडीले खेलभावना विपरीत हात नमिलाउँदा पनि रेफ्रीले कारबाही नगरेको भन्दै उनीहरूलाई प्रतियोगिताबाट हटाउन माग गरेको थियो। तर, आइसीसीको दबाबपछि पाकिस्तान खेलमा फर्किएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनायो। उसका लागि फखर जमानले ५० रनको अर्धशतकीय इनिङ खेले भने मोहम्मद हरिसले १८ तथा कप्तान सलमान अघाले २० रन बनाए। शाहिन शाह अफ्रिदी २९ रनमा अविजित रहे।

युएईका लागि जुनाइद सिद्दीकीले ४ तथा सिमरनजित सिंहले ३ विकेट लिए।

१४७ रनको लक्ष्य पछ्याएको युएई १७.४ ओभरमै १०५ रनमा अलआउट भयो। उसका लागि राहुल चोपराले ३५ रन, ध्रुव परासरले २० र कप्तान मुहम्मद वासिमले १४ रन बनाए। त्यस्तै अलिसन सराफुले १२ रन योगदान दिए। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदी, हरिस रउफ र अब्रार अहमदले समान २–२ विकेट लिए भने साइम अयुब र सलमान अघाले १–१ विकेट हात पारे।

सुपर–४ मा पुग्ने अर्को निर्णायक खेलमा आज श्रीलंका र अफगानिस्तान आमनेसामने हुँदैछन्। श्रीलंकाले २ खेलमा २ जितसहित ४ अंक जोडिसकेको छ भने अफगानिस्तानले १ जित हात पारेको छ।

यस खेलमा जित्ने टोली सुपर–४ मा पुग्नेछ। अफगानिस्तान हार्ने हो भने श्रीलंका स्वतः सुपर–४ मा स्थान बनाउनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?