
काठमाडौँ – विश्वकर्मा पूर्जा सकिएसँगै बिहीबार विश्वकर्मा बाबाको मूर्ति विसर्जन गरिएको छ। बुधबार देशभर विश्वकर्मा पूजा गरिएको थियो।
आज काठमाडौँको चोभारस्थित बागमती नदीको किनारमा कलीगढहरुले विश्वकर्मा बाबाको मूर्ति विसर्जन गरेका हुन्। उनीहरुले विश्वकर्मा बाबाको माटोको मूर्तिलाई बोकेर चोभारको नदी किनारमा विधिवत् पूजाअर्चना गरी सेलाएका हुन्।
प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ।
विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ। विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ।