साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशसँग नेपालको फराकिलो हार

साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशसँग नेपालको फराकिलो हार
+
-
देशसञ्चार AI सारांश
  • साफ यू–१७ च्याम्पियनसिप फुटबलमा बंगलादेशले नेपाललाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो।
  • बंगलादेशका साबिर इस्लाम, मोहम्मद ओपु रेहमान, मोहम्मद आरिफ र मोहम्मद मानिकले गोल गर्दै आफ्नो जित सुनिश्चित गरे।
  • नेपालले सेमिफाइनलमा पुग्न बंगलादेश र श्रीलंकाको खेलको नतिजाको प्रतीक्षा गर्नु पर्ने अवस्था छ।

साफ यू–१७ च्याम्पियनसिप फुटबलमा नेपाल बंलादेशसँग ४–० को फराकिलो अन्तरमा पराजित भएको छ। आज भएको खेलमा बंगलादेशले पहिलो हाफमा १ गोल गर्दा दोस्रो हाफमा ३ गोल थपेको थियो।

बंगलादेशको जितमा साबिर इस्लाम, मोहम्मद ओपु रेहमान, मोहम्मद आरिफ र मोहम्मद मानिकले गोल गरे। हारेसँगै नेपालको सेमिफाइनल पुग्नका लागि अब बंगलादेश र श्रीलंकाको खेलको नतिजा कुर्नु पर्ने छ। यो समुहमा नेपालले २ खेल खेलिसक्दा ३ अंक बनाएको छ। बंगलादेशले एक खेलबाट ३ अंक छ।

एक खेल खेलेको श्रीलकाले अंक जोड्न सकेको छैन। अब बंगलादेशले श्रीलंकालाई हराएमा नेपाल सेमिफाइनल पुग्ने छ। आज कोलोम्बोमा भएको खेलमा बंगलादेशले सुरूवात देखि नै एकपक्षीय दबाब बनायो। नेपालले पाएका सिमित अवसर गोलमा परिणत गर्न असफल भयो। तर बंगलादेशले एकपछि अर्को प्रहार गरेको थियो।

खेलको ३० औं मिनेटमा भने नेपाली डिफेन्सलाई तोड्दै बंगलादेशले गोल गर्‍याे । कप्तान नजमुल हुडा फैसलको कर्नरलाई नेपालका गोल किपर राम बहादुर बोहराले पन्च गरेपनि साबिरले उत्कृष्ट भलि गोलमा परिणत गर्दै बंगलादेशलाइ अग्रता दिलाए।
दोस्रो हाफमा नेपाल खेलमा फर्कने विश्वास थियो तर बंगलादेश विरुद्ध झनै दबाबमा पर्दा लगातार गोल खायो।

दोस्रो हाफ सुरु भएको केही समयमै नेपालले २ मिनेट भित्र दुई गोल खान पुग्यो। ४९ औं मिनेटमा मोहम्मद ओपुले गोल गर्दा त्यसको एक मिनेट बित्न नपाउँदै मोहम्मद आरिफले करिब २५ यार्ड टाढाबाट हानेको पावरफुल प्रहार गोलमा परिणत हुँदा नेपालको खेलमा फर्किने सम्भावना कमजोर भएको थियो।

खेलको ६६ औं मिनेटमा मोहम्मद मानिकले अर्को गोल थपेसँगै बंगलादेशले नेपाल विरूद्ध ४–० को सहज जित हात पार्न सफल भयो। नेपालले पहिलो खेलमा श्रीलंकालाई २–० ले हराएको थियो। अझै नेपालको सेमिफाइनल सम्भावना कायम छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजना जारी च्याम्पियनसिपमा सबै ७ राष्ट्रकै सहभागिता रहेको छ। नेपाल, श्रीलंका र बंगलादेश समूह ए मा तथा च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतसहित पाकिस्तान, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन् । राउन्ड रोबिन लिगपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्ने छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?