
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले शुक्रवार रूसमाथि प्रतिवन्धको १९ औं प्याकेजको लागि आयोगको प्रश्ताव घोषणा गरेका छन् ।
जुन मुख्यतया ऊर्जा र वित्तीय क्षेत्रहरूलाई लक्षित गरेको छ । एक विज्ञप्तिअनुसार युरोपेली संघले ब्लकको बजारमा रूसी तरल प्राकृतिक ग्यासको आयातमा प्रतिवन्ध लगाउने र रूसी कच्चा तेलको मूल्य सीमा प्रति ब्यारेल ४७.६ अमेरिकी डलरमा घटाउने योजना बनाएको छ ।
रूसी ऊर्जा कम्पनीहरू रोसनेफ्ट र ग्याजप्रोम्नेफ्टले पूर्ण व्यापार प्रतिवन्धको सामना गर्नेछन् । इयुले रूस र अन्य देशहरूमा बैंकहरू संलग्न लेनदेनहरूमा प्रतिवन्ध पनि विस्तार गर्नेछ ।
पहिलो पटक प्रतिवन्धहरूमा क्रिप्टोकरेन्सी प्लेटफर्महरू समावेश गर्नेछ । इयु प्रक्रियाहरू अन्तर्गत प्रतिवन्धहरूको नयाँ चरण लागू हुनुअघि सबै २७ सदस्य राष्ट्रहरूले सर्वसम्मतिले अनुमोदन गर्नुपर्छ ।