काठमाडौँ- सानिमा बैंकले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ।
बैंकको २०८२ असोज ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ रहेको छ।
बैंकले कुल १ अर्ब ७ लाख ५४ हजार ७०० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने जनाएको छ।
बैंकको यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।
हाल सानिमा बैंकको देशका सातै प्रदेशमा १३४ वटा शाखा कार्यालय र १२७ वटा एटीएम सञ्चालनमा छन्।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































