लेखक खनित गणेशको उपन्यास ‘लाफा’ सार्वजनिक

लेखक खनित गणेशको उपन्यास ‘लाफा’ सार्वजनिक
+
-
देशसञ्चार AI सारांश
  • नेपाल प्रहरीका गणेश मुक्तानले ‘लाफा’ नामक पहिलो उपन्यास सांस्कृतिक र समाजिक धरातलमा प्रेमलाई चित्रण गर्दै सार्वजनिक गरे।
  • लेखक रिमा केसीले तामाङ र मगर समुदायमा मामा फूपुको छोराछोरीबीचको प्रेमलाई सांस्कृतिक र मनोवैज्ञानिक रूपले प्रस्तुत गरेको बताइन्।
  • लेखक दिपक सापकोटा र नारायणप्रसाद रेग्मीले प्रहरी सेवामा रहँदै साहित्य लेखनमा गणेशको सक्रियताले प्रेरित भएको उल्लेख गरे।

नेपाल प्रहरी सेवामा कार्यरत गणेश मुक्तान ‘खनित गणेश’को पहिलो औपन्यासिक पुस्तक लाफा सार्वजनिक भएको छ।

नेपाल पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मी, कवि लेखक रिमा केसी, कवि लेखक दिपक सापकोटा र लेखक गणेशले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए।

आदिवासी जनजाति समुदायमा मामा फूपुको छोराछोरीबिच हुने प्रेम र विवाह जस्ता सांस्कृतिक धरातलमा लेखिएको पुस्तक बताइन् लेखक रिमा केसीले। उनले भनिन्, ‘लेखकले तामाङ र मगर युवा बिचको प्रेमलाई सांस्कृतिक, सामाजिक र युवा मनोविज्ञानमार्फत मिहिन चित्रण गर्ने प्रयास गरेका छन्।’

त्यसैगरी लेखक दिपक सापकोटाले साहित्यमा प्रेम कथा नौलो नभए पनि लेखक गणेशको पुस्तक खास रहेको बताए। उनले नेपाली प्रेम साहित्यको सन्दर्भ कोट्याउँदै भने, ‘यो डायरी शैलीमा लेखिएको विशुद्ध प्रेम कथा हो। स्मृतिलाई पछ्याउन वा लेख्न सकियो भने राम्रो सिर्जना हुन सक्छ भन्ने उदाहारणका रूपमा लाफालाई लिन्छु।’

सर्वनाम थिएटरमा विमोचनका क्रममा महानिर्देशक नाराणयण प्रसाद रेग्मीले लेखक गणेश प्रहरी सेवामा कार्यरतका बाबजुद् पनि साहित्य लेखनमा सक्रिय देख्दाको खुसी सुनाए।

करिब डेढ दशकदेखि कविता र गजलमा कलम चलाउँदै आएका मकवानपुरबासी लेखक गणेश हाल काठमाडौँ भृकुटी मण्डलस्थित पर्यटन प्रहरीमा कार्यरत छन् ।
पुस्तकलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’