
काठमाडौँ – जेन–जी आन्दोलनका घाइतेहरूले सिंहदरबारको गेटमा धर्ना दिएका छन्।
उनीहरूले आइतबार दिउँसो सिंहदरबारको गेटमा धर्ना दिएका हुन्। उनीहरू आफ्ना मागहरू राख्न सिंहदरबार भित्र जान खोजेका थिए।
तर, भित्र जाने पास नपाएपछि उनीहरूले सिंहदरबारको दक्षिण गेटअगाडि भुइँमै बसेर धर्ना दिए।
जेन–जी आन्दोलनमा सरकारले दमन गर्दा ठूलो मानवीय क्षति भएको थियो। आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७० भन्दा पनि बढी पुगिसकेको छ। त्यस्तै, आन्दोलनमा सयौँको संख्यामा जेन–जीहरू घाइते भएका छन्।
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी