जनश्रमदानबाट सडक मर्मत

जनश्रमदानबाट सडक मर्मत
+
-
देशसञ्चार AI सारांश
  • विसं २०५८ मा खोलिएको पर्वत-पातीचौर सडक स्थानीयवासीले श्रमदान गरेर मर्मत गरेका छन्, जहाँ पहिरोले सडक बिगारेको थियो।
  • मोदी गाउँपालिकाका करिब चार सय जनाले सडक मर्मतमा श्रमदान गरेका, जसमा झण्डै रु चार लाख बराबरको योगदान भयो।
  • गाउँमा सडक सुचारु भएसँगै चाडपर्वको समयमा यात्रुहरूलाई आवागमनमा सहजता हुनेछ।

पर्वत – पातीचौर–देउपुर–लप्सीबोट–भुकताङ्ले सडक स्थानीयवासीले श्रमदान गरेर मर्मत गरेका छन्। विसं २०५८ मा उक्त मार्ग खोलिएको हो। त्यसयता बर्सेनि पहिरो जाँदा सडक स्तरोन्नति गर्नुपर्ने अवस्था बनेको थियो।

कुनै पनि निकायबाट सहयोग नजुटेपछि स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका हुन्। मोदी गाउँपालिका–१, २ र ३ का बासिन्दाले श्रमदान गरेका हुन्। देउपुरस्थित कोरुङ्गा बनमामाथिबाट झरेको पहिरोले सडक भत्काएको थियो। कोरुङ्गा र दोबाटोबाट खसेको पहिरो पानी खोल्सा सडक खण्डमा आएर करिब दुई किलोमिटर सडक बगाएको देउपुरका पूर्ववडाध्यक्ष विकास तिमिल्सिनाले जानकारी दिए।

पहिरोले क्षतिग्रस्त सडकमा सवारीसाधन चलाउन सकिने अवस्था थिएन। वडा नं १, २ र ३ का करिब चार सय जनाले श्रमदान गरेका थिए। “गाउँलेले झण्डै रु चार लाख बराबरको श्रमदान गरेका छन्”, उनले भने।

सडक मर्मत भएसँगै चाडवाडको बेला गाउँमा आउनेजाने यात्रुलाई सहज हुने भएको छ। मोदी गाउँपालिका–१, २ र ३ लाई गाउँपालिकाको केन्द्र पातिचौर तथा पुष्पलाल मध्यपहाडी लोकमार्गमा जोड्ने मुख्य सडक नै अवरुद्ध भएको थियो।

पहिरो नियन्त्रण गर्न यसअघि भू तथा जलाधार व्यवस्थापन कार्यालयमार्फत रु ३३ लाखको लगानीमा काम सुरु भएको थियो। तर काम नसकिँदै गत असारमा आएको पहिरोले सडक बगाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?