काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं बार्षिकोत्सव सम्पन्न गरेको छ। कम्पनीले मुलुक भरी जम्मा १४६ कार्यालयहरु, ३६२ कर्मचारीहरु तथा ४०,९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ। हाल यस कम्पनीको चुक्ता पूँजी रकम रु.५,०३१,१६४,४०० रहेको छ।
कम्पनीको जगेडा कोषमा रकम रु.२,२३२,४०९,८०१ तथा जीवन बीमाकोषमा रकम रु.१०,१०८,७८१,५४५ कायम छ। कम्पनीको नेट वर्थ रकम रु.१५४.३५ रहेको छ र सो आधारमा कम्पनीले जोखिम धारण गर्ने क्षमता वृद्घि हुँदै गएको बताएकाे छ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































