आज जलेकै बैठक कक्षमा मधेस प्रदेशसभा बैठक बस्दै

आज जलेकै बैठक कक्षमा मधेस प्रदेशसभा बैठक बस्दै
+
-
देशसञ्चार AI सारांश

  • मधेस प्रदेश सभाको बैठक आन्दोलन पछि मर्मत गरिएको हलमा आज दिउँसो १ बजे बस्न लागेको छ।

  • प्रदेश सभा सचिवालयले हल मर्मत र कुर्सी व्यवस्थापन विहानसम्म पूरा गर्ने तयारी गरेको जानकारी दिएको छ।

  • जनमत पार्टीले समर्थन फिर्ता लिएपछि विपक्षमा बस्न लगेको स्थान व्यवस्था गरिएको सभामुखले जनाएका छन्।

जनकपुरधाम- जेनजी आन्दोलनपछि क्षतिग्रस्त बनेको बैठक कक्षमा मधेस प्रदेश सभाको बैठक बस्न लागेको छ । आज बस्ने बैठकको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको प्रदेश सभा सचिवालयले जनाएको हो ।

आन्दोलनको क्रममा प्रदेशसभामा समेत आन्दोलनकारीको एक समूहले आगजनी र तोडफोड गरेपछि त्यसलाई मर्मत समभार गरेर बैठक बस्न लागेको हो ।

आगजनीपछि धवस्त बनेको हललाई मर्मत सम्भार गरिएको छ भने कुर्सीको समेत व्यवस्था गरिएको छ ।

आज दिउँसो १ बजेका लागि मधेस प्रदेशसभाको बैठक बोलाइएको छ । प्रतिपक्षी दलको कारण अनिश्चितकालका लागि प्रदेशसभा बैठक सञ्चालन सम्बन्धमा बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि बैठक बस्न लागेको हो ।

प्रदेश सभामा बैठक सञ्चालनको लागि हल मर्मत र कुर्सी व्यवस्थाको कार्य भइरहेको  विहान सम्म सबै व्यवस्था गरिने प्रदेश सभा सचिव वाशुप्रसाद कोइरालाले जानकारी दिए ।

उनले केही कामहरू बाँकी रहेको त्यो कामहरुलाई मिलाएर विहानसम्म हलको व्यवस्थापन गरिने जानकारी दिए ।

मधेसमा प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र विपक्षमा बस्ने निर्णय भएपछि सोही अनुसारको सिटको व्यवस्थापन गरिने सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।

उनले पार्टीले लिखित रुपमा पत्र नै पठाएपछि सोही अनुसारले सिटको व्यवस्था गर्न लागिको जानकारी दिए । मुख्यमन्त्री सतिश सिंहले पार्टीले फिर्ता बोलाएपछि राजिनामा नदिने बरु प्रदेश सभामा विश्वासको मत लिने अडान लिएपछि पार्टीले कारवाहीको लागि स्ष्टीकरणसमेत सोधेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?