
नेपालगन्ज – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन-जी आन्दाेलनका क्रममा ताेडफाेड, आगजनी र लुटपाट गरिएका कार्यालयकाे निरीक्षण गरेका छन् ।
भदाै २४ गते बाँकेका दुई दर्जन कार्यालयमा ताेडफाेड, आगजनी र लुटपाट भएका थिए । ती कार्यालयकाे निरीक्षण गर्न मुख्यमन्त्री आचार्य बिहान बाँके आएका हुन् । उनले काेहलपुर नगरपालिकाकाे भवन निरीक्षणपछि सञ्चारकर्मीसँग बाेल्दै जनताकाे सेवा गर्ने कार्यालय ताेडफाेड गर्नु, जलाउने र लुटपाट गर्नु निन्दनीय कार्य भएकाे बताए ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा दुई अर्ब बढीकाे भाैतिक क्षति भएकाे जानकारी दिँदै धेरै कार्यालयबाट सेवा दिन कठिनाइ भइरहेकाे बताए ।
उनले टेन्ट टाँगेर भए पनि जनतालाई सेवा दिन थालिएकाे बताए । मुख्यमन्त्री आचार्यले स्राेत जुटाएर क्षति भएका कार्यालयकाे पुनर्निर्माण गर्ने बताए । उनले आन्दाेलनकाे नाममा कागजात र लगत जलाएर जनतालाई दुःख दिने काम भएकाे बताए ।
मुख्यमन्त्री आचार्यकाे अपरान्ह ४ बजेसम्म बाँकेमा रहने तालिका रहेकाे छ । उनले क्षति पुगेका सबै सरकारी कार्यालय, पार्टी कार्यालयकाे निरीक्षण गर्ने बताइएकाे छ ।