गायक जुबिन गर्गको अन्तिम संस्कारमा लाखौँ शुभचिन्तक

गायक जुबिन गर्गको अन्तिम संस्कारमा लाखौँ शुभचिन्तक
+
-

गायक जुबिन गर्गको अन्तिम संस्कारमा लाखौँ समर्थक उपस्थित भएका छन्। मंगलबार गुवाहाटीमा पूर्ण राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदा कीर्तिमानी समर्थक उपस्थित भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन्।

जुबिनको अन्तिम संस्कारमा विश्वको चौंथो धेरै समर्थक उपस्थित भएको हिन्दुस्तान टाइम्सले बताएको छ। भारतमा रेकर्डहरु राख्नका लागि चर्चित मानिएको ‘लिमका बुक अफ रेकर्ड’ का अनुसार गर्गबाहेक यसअघि विश्वचर्चित तीन जना व्यक्तिहरुको निधनमा कीर्तिमानी मानिसहरुको उपस्थिति थियो। जसमा माइकल ज्याक्सन, पोप फ्रान्सिस र रानी एलिजावेथ द्वितीयको अन्तिम संस्कारमा मानिसहरुको उपस्थितिपछि गर्गको निधनमा यो चौंथो ठूलो उपस्थिति भएको दाबी गरिएको छ।

उनको अन्तिम संस्कारका दौरान घाटमा उनका गीतहरू निरन्तर बजिरहेका थिए। ५२ वर्षीय जुबिनको १९ सेप्टेम्बरमा सिंगापुरमा निधन भएको थियो। अन्त्येष्टिमा उनका परिवारजन, आफन्त तथा नजिकका साथीहरुसँगै लाखौँ शुभचिन्तक उपस्थित थिए। अन्तिम संस्कारको समयमा उनकी पत्नी, नजिकका साथी, परिवार तथा प्रशंसकहरुका आँसु थामिएका थिएनन्। जुबिन ‘या अली’ र ‘दिल तू ही बता’ जस्ता लोकप्रिय गीतका कारण धेरै समर्थकको मन जित्न सफल भएका थिए।

दाबी गरिएको थियो कि जुबिनको मृत्यु स्कूबा डाइभिङ गर्ने क्रममा भएको थियो। यसपछि असममा उनका म्यानेजर सिद्धार्थ शर्मा, घटना हुँदा साथमा रहेका अन्य व्यक्ति र इभेन्ट म्यानेजरविरुद्ध उजुरी दर्ता गरिएको थियो। तर, उनकी पत्नी गरिमाले २० सेप्टेम्बरमा गायकको आधिकारिक सामाजिक सञ्जाल खाताबाट रुँदै एक भिडियो सन्देशमार्फत उजुरी फिर्ता लिन अपिल गरेकी थिइन्।

जुबिनको निधन भएको दुई दिनपछि शनिबार उनको पार्थिव शरीर दिल्ली ल्याइएको थियो र त्यसपछि आइतबार बिहान विशेष विमानमार्फत गुवाहाटी पुर्‍याइयो। गोपीनाथ बोरदोलोई अन्तर्राष्ट्रिय विमानस्थलबाट उनको पार्थिव शरीर लिएर काहिलीपारास्थित घरतर्फ जाँदै गर्दा हजारौँ प्रशंसकहरू अन्तिम दर्शनका लागि लामबद्ध भएका थिए।

कसरी भयो उनको मृत्यु?


गर्गको निधन १९ सेप्टेम्बरमा भएको थियो। उनी २० सेप्टेम्बरमा हुने नर्थ इस्ट इन्डिया फेस्टिभलमा सहभागी हुन सिंगापुर पुगेका थिए, जहाँ उनले ‘वाटर एडभेन्चर’ गर्नका लागि केही साथीसहित भाग लिन पुगेका थिए।

दाबी गरिएको थियो कि गायकको मृत्यु स्कूबा डाइभिङको क्रममा भएको दुर्घटनाका कारण भएको हो। तर पछि उनकी पत्नी गरिमाका अनुसार जुबिनको मृत्यु स्कूबा डाइभिङका कारण नभई छारे रोग (सेजुरी) का कारण भएको बताइन्।

गरिमाले टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा १९ सेप्टेम्बरमा जुबिन आफ्ना ७–८ साथीहरूसँग सिंगापुरमा याटबाट एउटा टापुमा गएका थिए। त्यतिबेला उनका साथमा ड्रमर शेखर र सिद्धार्थ पनि थिए। समूहका अरू सबैले लाइफ ज्याकेट लगाएका थिए तर जुबिनले भने लगाएका थिएनन्। उनीहरू सबै याटबाट पौडी खेल्न पानीमा उत्रिँदा जुबिन अचानक छारे रोगका कारण ढले, उनले लाइफ ज्याकेट नलगाएकै कारण उनलाई बचाउन नसकिएको बताइन्छ।

गरिमाले अघि भनिन्, ‘यसअघि पनि जुबिनलाई धेरै पटक छारे रोग परिसकेको थियो। सिंगापुरमै एक पटक उनलाई यस्तै भयो। त्यतिबेला साथीहरूले तुरुन्त अस्पताल लगेका कारण उनको ज्यान बचेको थियो। उनलाई सिंगापुर जनरल अस्पतालको आइसीयूमा दुई घण्टासम्म राखिएको थियो।’

केही नेपालीसहित ३८ हजारभन्दा बढी गीत गाएका थिए


जुबिनको जन्म १८ नोभेम्बर १९७२ मा असामको तिनसुकिया जिल्लामा भएको थियो। उनी असमिया र हिन्दी फिल्म उद्योगमा गायक, संगीतकार, गीतकार, अभिनेता र निर्देशकको रूपमा सक्रिय रहे।

यसका अतिरिक्त उनले विष्णुप्रिया मणिपुरी, आदि, बोरो, अंग्रेजी, गोलपारिया, कन्नड, कार्बी, खासी, मलयालम, मराठी, मिसिङ, नेपाली, उड़िया, संस्कृत, सिन्धी, तमिल, तेलुगु, तिवा लगायत करिब ४० वटा भाषा र उपभाषामा ३८ हजारभन्दा बढी गीत गाएका थिए। जुबिन असमका सबैभन्दा उच्च पारिश्रमिक लिने गायक मानिन्थे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?