देशसञ्चार चौतारीमा भाग-११४

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

+
-
देशसञ्चार AI सारांश
  • फोटो पत्रकार मीनरत्न वज्राचार्यले २०४६ र २०६२/२०६३ सालको आन्दोलनका साथै जेनजी आन्दोलनका तस्बिर खिचेका थिए।

  • वज्राचार्यले अनेक नेपाली नेतासँग संगत गरेका छन्, जसमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला पर्छन्।

  • लगभग ४० वर्षदेखि फोटो पत्रकारितामा सक्रिय वज्राचार्य टेलरिङको काम र अष्ट्रेलिया बसाइबाट सिक्न पाए।

देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले पुराना फोटो पत्रकार मीनरत्न वज्राचार्यलाई ल्याएका छौँ। वज्राचार्यले २०४६ सालको आफ्नो आन्दोलनको आइकोनिक तस्बिरलगायत थुप्रै विषयमा देशसञ्चार सहकर्मीका जिज्ञासाको जवाफ दिएका छन्।

२०४३ सालदेखि क्यामरा हातमा लिएर फोटो पत्रकारिता सुरु गरेका वज्राचार्यको पहिलो तस्बिर ‘द कमनर’मा छापिएको थियो। त्यसपछि उनले पदम ठकुराठीको चर्चित पत्रिका विमर्शका लागि काम गरेका थिए। विमर्शपछि उनले हिमाल खबरपत्रिकामा लामो समय काम गरेका थिए।

वज्राचार्यले नेपालका प्रजातान्त्रिक आन्दोलनका हस्तीहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई,  सरल र इमानदार नेता पीएल सिंहलगायतसँग संगत गर्ने मौका पाए। उनलाई कतिपयले नेता गणेशमान सिंहकै टिमको सदस्यका रूपमा पनि चिन्थे। तर, उनी आफैँ भने गणेशमान सिंहले आफू बहिनीको पनि बिहेपछि एक्लै भएपछि चाक्सीबारीस्थित निवासमै आउन आग्रह गरेको कारण उनीसँग जोडिएको बताउँछन्। ‘मेरा बुवा सिद्धिरत्न वज्राचार्य म चार वर्षकै छँदा बित्नुभयो,  आमा पनि सानै उमेरमा बित्नुभयो, म सानै उमेरमा एक्लो भएँ,’ उनले देशसञ्चार चौतारीका क्रममा भने।

जिन्दगीको दौडमा आफूले पढेरभन्दा परेर सिकेको बताउँछन् वज्राचार्य। कुनै समयमा टेलरिङको काम पनि गरेका वज्राचार्य सानै उमेरमा ६ महिनाका लागि अष्ट्रेलिया पुगेपछि भने त्यहाँ बस्ने क्रममा आफ्नो फोटो पत्रकारिताको नशा जागेको बताउँछन्। त्यसपछि लगातार करिब ४० वर्षदेखि उनी फोटो पत्रकारिता नै गरिरहेका छन्।

२०४६ सालको आन्दोलनमा खटेका वज्राचार्यले २०६२/२०६३ सालको आन्दोलनमा पनि तस्बिर खिचेका छन्।  त्यस्तै जेनजी आन्दोलनका क्रममा पनि उनले आफूले लामो समय बिताएको चाक्सीबारी निवास जलेको तस्बिर खिचेका छन्। ‘मैले बिपीबाबुको घर पनि खिचेको थिएँ, सिंहदरबारको पनि तस्बिर खिचेको थिएँ, चाक्सीबारीको घर पनि खिचेको थिएँ, किसुनजीको बाडेगाउँ आश्रम पनि खिचेको थिएँ, ‘ उनले देशसञ्चार चौतारीका क्रममा भने- जेनजी आन्दोलनका क्रममा ती सबै सम्पदाहरू जले।

२०४६ सालको जनान्दोलनपछि गणेशमान सिंह राजा वीरेन्द्रलाई भेट्न नारायणहिटी दरबार गएका बेला वज्राचार्य पनि साथमै थिए। ‘तर मैले मयलपोश सुरुवाल नलगाएको भएर राजा र गणेशमानजीको भेटमा मैले तस्बिर खिच्न पाइनँ,’ उनले विस्मात माने। उनले गिरिजाप्रसाद कोइरालासँग पनि संगत गरे। गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालासँग नेपाल घुमेको अनुभव पनि छ उनीसँग।

स्विस् भूगर्भविद् टोनी हागनको टिममा पनि बसेर काम गर्ने मौका पाएका वज्राचार्यसँग उनीसँगका रोचक सम्झना पनि छन्।

पूरा भिडियो:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?