
मोरङ – मोरङ प्रहरीले विराटनगरबाट स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार प्रहरीले भारततर्फबाट को ३८ प ५८५१ नम्बरको मोटरसाइकलमा विराटनगर आउँदै गरेका वीरेन्द्र साहलाई पक्राउ गरेको हो।
पोखरेलले मंगलबार दिउँसो विराटनगर–१७ मा ४१ वर्षीय साहलाई रकमसहित पक्राउ गरेको बताए।
अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको टोलीले विराटनगर–१८ का साहलाई पक्राउ गरेको उनले जानकारी दिए।
पक्राउ परेका साहको इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक थप अनुसन्धान भइरहेको प्रवक्ता पोखरेलले जानकारी दिए।