
- हुम्लामा उत्पादित स्याउ सुरक्षित रूपमा ढुवानी गर्न कृषि विकास कार्यालयले गुणस्तरीय कार्टुन वितरण गरेको छ।
- स्याउ ढुवानीमा प्रयोग हुने कार्टुन किसानलाई निःशुल्क दिइन्छ, तर प्रतिकार्टुन २५ रुपैयाँ राजस्व असूलिन्छ।
- किसानलाई आवश्यकता अनुसार कार्टुन लिन पाउने सुविधा छ, जसका लागि कार्यालयले १५०० थान कार्टुन छपाई गरेको छ।
हुम्ला – कृषि विकास कार्यालयद्वारा गुणस्तरीय रुपमा स्याउ ढुवानी गर्न कार्टुन वितरण गरिएको छ। हुम्लामा उत्पादित स्याउ सुरक्षित रुपले गनतव्यसम्म ढुवानी गर्न किसानलाई बानी पार्न र प्रोत्साहन गर्न कार्टुन बितरण गरिएको हो।
कृषि विकास कार्यालयका अनुसार सुरक्षित रुपमा आफ्नो गन्तव्यसम्म स्याउ ढुवानी गर्न सहज होस् भन्नका लागि गुणस्तरीय कार्टुन जिल्लाबाहिर अर्डर गरेर ल्याई किसानलाई बितरण गरिएको होे।
हुम्लामा स्याउ पाक्ने समय सुरु हुन थालेपछि समयमै कार्टुन जिल्लामा आइपुगेकाले वितरण पनि शुरु गरिएको छ। यो कार्टुनमा स्याउका दाना प्याक गरेपछि पुर्याउनुपर्ने स्थानसम्म सुरक्षित पुग्नेछन्। किसानलाई कार्टुन दिने समयमा प्याक गर्ने तरिका पनि सिकाउने गरिएको छ।
साढे छ सय ग्रामको कार्टुन निःशुल्क दिने गरिए पनि प्रतिकार्टुन २५ रुपैयाँ भने राजस्व असुल गर्ने गरिएको छ। दशदेखि बाह्र केजी स्याउ अट्ने कार्टुनको छपाईका लागि प्रति कार्टुन बैसट्टी रुपियाँ र तीस रुपियाँ ढुवानी गरि ९२ रुपियाँमा कार्टुन हुम्ला आई पुगेको हो। कार्टुनमा स्याउको जात, ग्रेड, तौल र उत्पादक किसानको नाम राखिएको छ।
किसानले आफ्नो आवश्यकता अनुसार यी कार्टुन कार्यालयबाट लिन पाउने ्छ। यसवर्ष एक हजार पाँच सय थान कार्टुन छपाई गरेर कार्यालयले ल्याएको छ। यी कार्टुन तयार गर्न कार्यालयले दुई लाख बजेट खर्च गरेको छ। यो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्र्तगत तयार पारी किसानलाई बितरण गर्न सुरु गरिएको हो। बिक्रीका लागि हुम्लाका स्याउ पनि सुर्खेत, नेपालगंज, पोखरा, काठमाडौ), भैरहवा र दिल्लीसम्म पुग्ने गर्छ।