रसियाले कब्जा गरेको सबै भू-भाग युक्रेनले फिर्ता ल्याउन सक्छ: ट्रम्प

रसियाले कब्जा गरेको सबै भू-भाग युक्रेनले फिर्ता ल्याउन सक्छ: ट्रम्प
+
-
देशसञ्चार AI सारांश
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले रूससँगको युद्धमा गुमाएको भूभाग फिर्ता ल्याउन सक्ने बताएका छन्।
  • ट्रम्पले युरोप र नाटोको सहयोगमा युक्रेनले युद्ध सुरु भएको बेलाको मूल सिमाना हासिल गर्न सक्ने बताए।
  • जेलेन्स्कीले ट्रम्पको नयाँ धारणा ‘ठुलो मोड’ भएको भन्दै अमेरिकाले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन इच्छुक भएको बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले रसियासँगको युद्धमा गुमाइरहेको आफ्नो भू-भाग फिर्ता ल्याउन सक्ने बताएका छन्। उनले युक्रेनले आफ्नो देशलाइ मुल स्वरुपकै रुपमा फिर्ता ल्याउन सक्ने बताए। ट्रम्पको पछिल्लव यो भनाइ उनको रसियासँगको युद्धबारे उनले अघिल्लो धारणामा ठूलो परिवर्तन हो।

आफ्नो समाजिक सञ्जाल ट्रुथ सोसियल मा मार्फत नयाँ धारणा सार्वजानिक गरेका हुन्। ट्रम्पका अनुसार युरोप र नाटोको सहयोगमा युक्रेनले यो उपल्बधि हासिल गर्ने बताए। उनका अनुसार रूसको अर्थतन्त्रमाथि परेको दबाबका कारण, युक्रेनले ‘युद्ध सुरु भएको बेला रहेका मूल सिमान’ फिर्ता पाउन सक्ने बताए।

उनको यो टिप्पणी मंगलबार न्यूयोर्कमा संयुक्त राष्ट्रसंघ महासभामा सम्बोधन गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटवार्ता पश्चात् आएको हो। ट्रम्पले पटक-पटक युद्ध अन्त्य गर्ने इच्छा व्यक्त गरेपनि उनी असफल हुँदै आएका छन्।

यसअघि उनले शान्तिका लागि युक्रेनले केही भूभाग छोड्नुपर्ने हुनसक्ने चेतावनी दिएका थिए। तर युक्रेनका राष्ट्रपति जेलेन्स्कीले निरन्तर उनको यो भनाइलाई अस्वीकार गर्दै आएका छन्। आफ्नो पोस्टमा ट्रम्पले थप्दै भनेका थिए कि युक्रेनले ‘शायद त्यसभन्दा पनि धेरै अघि बढ्न सक्छ।’ तर उनले यो विषयमा भने प्रस्ट रुपमा खुलाउन चाहेनन्।

उनले क्राइमियाको भने कुनै उल्लेख गरेनन्, जुन सन् २०१४ मा रूसले आक्रमण गरी आफ्नो नियन्त्रणमा लिएको थियो। रूसले २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको थियो। ट्रम्पले भने आफ्नो धारणा परिवर्तनका पछि ‘युक्रेन/रूसको सैन्य र आर्थिक अवस्थालाई राम्ररी बुझेर’ गरेको बताएका छन्।

उनले थपे, ‘पुटिन र रूस ठूलो आर्थिक समस्यामा छन्, यही समयमा युक्रेनले कदम चाल्नुपर्छ।’ उनले रूसलाई ‘कागजी बाघ’ (पेपर टाइगर) को संज्ञा दिए। जेलेन्स्कीले ट्रम्पको यस धारणापछि उत्साहित देखिएका छन्।

उनले ट्रम्पमा आएको परिवर्तनलाई ‘ठुलो मोड’ को रूपमा व्याख्या गरे। संयुक्त राष्ट्रसंघ भवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, युद्ध सकिएपछि अमेरिकाले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन इच्छुक भएको आफूले बुझेको समेत बताए।

फक्स न्युज सँगको कुराकानीमा पनि जेलेन्स्कीले ट्रम्पको ट्रुथ सोसियल पोस्टले आफूलाई आश्चर्यचकित तुल्याएको बताए। उनले त्यसलाई ‘सकारात्मक संकेत’का रूपमा लिएको भन्दै अमेरिकाले अन्तिम सम्म साथ दिने विश्वास व्यक्त गरे। उनले पुटिनले राष्ट्रपति ट्रम्पलाई पटक–पटक झूट बोलेकाले पनि ट्रम्पले आफ्नो धारणा परिवर्तन गरेको हुन सक्ने आंकलन गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?